रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने


काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही–३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो ।
२०७९ मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित दीपक बोहराको निधनपछि यो पद रिक्त रहेको थियो । बोहोराको गत चैत १९ गते काठमाढौंस्थित ओम अस्पतालमा निधन भएको थियो ।
निर्वाचन आयोगले तोकेको मिति अनुसार अब रुपन्देही–३ मा नयाँ प्रतिनिधि सभा सदस्य चयन गर्न मतदाता पुनः मतदानमा सहभागी हुनेछन् ।