स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको वीर अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकहरूको टोलीले मन्त्री पौडेलको प्रत्यक्ष निगरानीमा उपचार गरिरहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्देशक शर्माका अनुसार मन्त्री पौडेल ज्वरो आएको कारण अस्पताल भर्ना भएका हुन्। अहिले उनी स्वास्थ्य लाभतर्फ उन्मुख छन् ।
थाइल्यान्डमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भई स्वदेश फर्किएलगत्तै मन्त्री पौडेल असार १४ गते वीर अस्पतालमा भर्ना भएका थिए ।