Ad Image

शिक्षा विधेयकमा सहमति नजुट्दा बैठक स्थगित गर्न शिक्षामन्त्रीको प्रस्ताव

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/00si.jpg

काठमाडौं । विद्यालय शिक्षा विधेयकका विषयमा सहमति नजुट्दा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव राखेका छन् ।

बिहान साढे ८ बजे बोलाइएको बैठक शिक्षक महासंघ र मन्त्रालयबीच पदपूर्ति प्रक्रियामा सहमति नजुट्दा अन्योलमा परेको थियो । 

मन्त्रालयले ६० प्रतिशत पदपूर्ति आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव राखे पनि महासंघले यसमा असहमति जनाउँदै वार्ता छाडेको थियो ।

यसअघि शिक्षक महासंघले सरकारलाई असार १५ को अन्तिम म्याद दिँदै सडक आन्दोलन रोकिएको थियो । विधेयक पारितमा अझै विवाद समाधान हुन बाँकी छ ।