Ad Image

डिशहोमको रमाइलो टिभीमा ‘रामायण’ नेपाली भाषामा प्रसारण हुने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Ramayan.jpeg

काठमाडौं । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित भारतीय टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने घोषणा गरेको छ । यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे रमाइलो टिभीमा प्रसारण हुनेछ ।

‘रामायण’ भारतीय संस्कृत महाकाव्यमा आधारित टेलिभिजन सिरिज हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा पहिलो पटक प्रसारित भएको थियो । यस श्रृंखलाको संगीत रविन्द्र जैनले संयोजन गरेका थिए ।

प्रसारणको समयमा ‘रामायण’ले भारतमा ८२ प्रतिशत दर्शक संख्या हासिल गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार, यो सिरिज ६५ करोडभन्दा बढी दर्शकले हेरिसकेको छ । यस श्रृंखलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो । 

२०२० को कोरोना लकडाउनका बेला पुनः प्रसारण हुँदा एकै दिन ७.७ करोड दर्शक पुगेको थियो, जसले विश्वकै सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान कायम गरेको थियो ।

डिशहोमले ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखेर विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदहरू पनि प्रसारण गर्दै आएको छ । यसै क्रममा, ग्राहकहरूले रमाइलो टिभीमार्फत ‘रामायण’लाई नेपाली भाषामा हेर्न पाउनेछन् ।

हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरूका लागि मात्र उपलब्ध छ । डिशहोम जडान गरी यसका विशेष कार्यक्रमहरू अनलाइन वा अन्य माध्यममा नपाएर मात्र हेर्न सकिन्छ ।