Ad Image

पूर्व शिक्षामन्त्रीले भनिन्– ‘सरकार इन्ट्रेस्ट ग्रुपको पछि लागे संसद् खतरामा’

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidya-bhattarai-1.jpg

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकमा सरकार इन्ट्रेस्ट ग्रुपको दबाबमा पर्छ भने संसद्को गरिमा र मर्यादा नरहने चेतावनी दिएकी छन् ।

सोमबार बसेको शिक्षा समितिको बैठकमा सांसद भट्टराईले संसद् र सरकारलाई असक्षम बनाउने नियतले विधेयकमा चलखेल भइरहेको बताइन् ।

उनले भनिन्, ‘सरकार कि मस्यौदामा उभिनुपर्यो कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुपर्यो । सरकार हरेक पल इन्ट्रेस्ट ग्रुपले भनेको कुराको पछि लाग्ने हो भने संसद्को गरिमा र मर्यादा बाँकी रहँदैन ।’