Ad Image

'कुलिङ अफ पिरियड' नराखी निजामती विधेयक अगाडि बढ्दैन: शेखर कोइराला

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shekhar-koirala_misPSKV9M2.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संघीय निजामती सेवा विधेयकमा अनधिकृत रुपमा परिवर्तन गरिनु देश र जनताप्रति गरिएको  घोर अपराध र सार्वभौम संसद् प्रतिको अपमान भएको बताएका छन् । 

आज सामाजिक सञ्जालमार्फत् कोइरालाले निजामती विधेयकमा अनधिकृत परिवर्तन गरिनु सामान्य घटना नभएको बताएका छन् । उनले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारवाही अगाडि बढाउन माग गर्दै परिवर्तन भएको व्यवस्थालाई आजै पुरानो अवस्थामा लैजान आग्रह गरेका छन् । उनले कुलिङ अफ पिरियड नराखी निजामती विधेयकका अगाडिका काम कारवाही अगाडि नबढ्ने समेत बताएका छन् ।

आइतबार प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएको कर्मचारीले कम्तीमा दुई वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने प्रावधान राखिएको थियो। तर त्यो प्रावधानलाई निष्प्रभावी बनाउने गरि त्यसमा ‘बाहेक’ भन्ने शब्द घुसाइएपछि चौतर्फी विरोध भइरहेको छ ।