Ad Image

‘कुलिङ पिरियड’ प्रकरण: रास्वपाद्वारा सभापति खतिवडाको राजीनामा माग

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/000 ramha.jpg

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको विवादास्पद हेरफेरको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  प्रतिक्रिया दिएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग्दै विधेयकमा भएको ‘गलत कार्य’ को जिम्मेवारी लिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत वक्ता झाले लेखेका छन्, “राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती विधेयकमा संघीय सदनको रोस्ट्रमबाट टेबुल गरेको भन्दा फरक कुरा कसरी आयो? या त यो सुधार्नुस्, या आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।”

साथै, उनले विधेयक नपढी अनुमोदन गर्ने सांसदहरूप्रति पनि व्यंग्य गर्दै भनेका छन्, “र, पढ्दै नपढेर ‘हुन्छ’, ‘हुँदैन’ भन्नेहरूलाई ‘कुरी कुरी’।”

संघीय संसद्मा पारित भएको विधेयकमा ‘बाहेक’ भन्ने शब्द हेरफेर भएको विषयमा व्यापक बहस चलिरहेको छ ।