Ad Image

‘कुलिङ पिरियड’ हेरफेरमा छानबिन गर्न सभामुखलाई मन्त्री गुप्ताको आग्रह

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Rajkumar-gupta.jpg

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ प्रावधानमा अनधिकृत हेरफेर भएको भन्दै प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् ।

मन्त्री गुप्ताले संसदबाट पारित निजामती सेवा विधेयकको मर्म नै उल्ट्याउने गरी गरिएको हेरफेरलाई ‘सार्वभौम संसदकै अपमान’ भन्दै आपत्ति जनाए । उनले उक्त विधेयक संसदमा पेस गर्ने क्रममा आफू र अन्य सदस्यलाई जानकारी नदिई समितिका सभापति रामहरि खतिवडाले प्रतिवेदन अघि बढाएको भन्दै गम्भीर आशंका व्यक्त गरे ।

समितिबाट सर्वसम्मत रूपमा पारित विधेयकमा कुनै पनि संशोधन नहुने स्पष्ट अडान लिएका मन्त्री गुप्ता आफैँलाई झुक्याएर विवादित प्रावधान पास गरिएकोमा विक्षिप्त भएको बताए । उनले यो घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न संसदसँग आग्रह गरे ।