Ad Image

गठबन्धनमा अब धेरै विकल्प नरहेको कांग्रेसको निष्कर्ष

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prakash-saran-mahat-arthamantri-1.jpg

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनमा अब धेरै विकल्प बाँकी नरहेको जनाएको छ । केन्द्रीय समिति बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनका विकल्प सकिँदै गएकाले व्यवहारिक हिसाबले समायोजन आवश्यक रहेको बताए ।

उनले गठबन्धनबाट सबै कुरा आफूले चाहेजस्तो नहुने भन्दै सत्ता समीकरणमा धेरै परीक्षण भइसकेको उल्लेख गरे । बैठकमा पार्टीमा अनुशासनको अभाव र व्यक्तिवादी प्रवृत्ति बढेकोबारे पनि चर्चा भएको महतले जानकारी दिए ।

उनका अनुसार संसदभित्र र बाहिर पार्टी नेताहरूले मन लागेको बोल्ने प्रवृत्ति बढेकाले अनुशासन कायम गर्नुपर्ने आवाज बैठकमा उठेको छ । पार्टीबाट गएका मन्त्रीहरूले सेवा प्रवाहमा सुधार गर्नुपर्ने धारणा पनि आएको उनले बताए ।