Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कास्कीको मादी गाउँपालिकाको बजेट ६० करोड ५० लाख, रोजगारीको बढोत्तरी प्राथमिकतामा

No Author Assigned | २०८२ असार १४ गते २२:१५
Image of https://mayorsap.com/storage/photos/10/budget.jpg

कास्की । कास्कीको मादी गाउँपालिकाले आन्तरिक रोजगारी वृद्धिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको छ । 

गाउँपालिकाले आगामी वर्षका लागि रु ६० करोड ५० लाख २० हजार बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आज गाउँसभामा आगामी आवको बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

मादीमा नेपाली कांग्रेस र नेकपा (एमाले)का गाउँसभा सदस्यहरूको बीचको विवादका कारण गत असार १० गते बजेट प्रस्तुत हुन सकेको थिएन । दलहरूबीच सहमतिपछि एक साता ढिला गरी बजेट प्रस्तुत गरिएको हो । 

गाउँपालिकाले रोजगारी बढोत्तरीका लागि रोजगार आयोजना सञ्चालनका लागि रु २५ लाख ७२ बजेट बजेट छुट्टाइएको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिइन् । पालिकाभित्र लघु तथा घरेलु उद्यमको विकासका लागि युवा लक्षित कार्यक्रम सञ्चालमा जोड दिइएको छ । यसैगरी कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।  

बजेटमा सङ्घीय सरकारको तर्फबाट प्राप्त वित्तीय समानीकरणतर्फको अनुदान रकम रु १० करोड २२ लाख, राजस्व बाँडफाँटतर्फको अनुदान रकम रु ११ करोड ३९ लाख ४९ हजार, सशर्ततर्फ चालु खर्च रु २५ करोड ५९ लाख तथा पुँजीगततर्फ रु दुई करोड १० लाख तथा विशेषतर्फ रु ७२ लाख गरी कूल रु ३० करोड ८८ लाख रहेको छ । 

यसैगरी आन्तरिक आय रु चार करोड ५८ लाख ७२ हजार अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरणको रु एक करोड १२ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट रु एक करोड १५ लाख ६६ हजार र विशेष र समपूरक गरी रु एक करोड अनुमान गरिएको छ । 

बजेटमा पूर्वाधार विकासतर्फ रु १५ करोड ५० लाख ४० हजार विनियोजन गरिएको छ । नेपाल सरकारको सर्शत कार्यक्रमका लागि रु २८ करोड ४० लाख ६२ हजार, आर्थिक विकासतर्फ रु दुई  करोड ९६ लाख ९१ हजार विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।
 
गाईभैँसी नयाँ पकेट विकास कार्यक्रमको लागि रु २५ लाख विनियोजन गरिएको छ । स्थानीय उत्पादनको बजारीकरण सहयोग कार्यक्रमको लागि रु २० लाख ५० हजार विनियोजन गरिएको छ । व्यावसायिक र गुणस्तरीय कृषिको विकास तथा आन्तरिक रोजगारीको बढोत्तरीलाई बजेटमा प्राथमिकता दिइएको उपाध्यक्ष गुरुङले बताइन् । 


Facebook Comments