Ad Image

त्रिभुवन विश्वविद्यालयमा लगाएको तालाबन्दी तत्काल खोल्न सर्वोच्चको आदेश

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarbchha adalat.JPG

काठमाडौं । विगत ३४ दिनदेखि त्रिभुवन विश्वविद्यालयमा लागेको तालाबन्दी अब खुल्ने भएको छ । सर्वोच्च अदालतले त्रिविमा लगाएको तालाबन्दी तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले लामो समयदेखि बन्द रहेको ताला खोल्न आदेश दिएको हो।

अधिवक्ता महेश भट्टराईलगायतले त्रिविमा लगाएको  तालाबन्दी खुलाउन माग गर्दै मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । इजलासले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्न र नगराउन तथा ताला लगाएको भए खोल्न आदेश दिएको हो। 

जेठ १४ गते  नेपाल विद्यार्थी संघले विभिन्न क्याम्पसमा स्ववियूमा निर्वाचित केही पदाधिकारीले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए।  त्यसपछि उपकुलपति प्रा।डा। खड्ग केसी, रेक्टर प्रा।डा। दुविनन्द ढकाल र रजिस्ट्रार प्रा।डा। केदारप्रसाद रिजाल बाहिरै बसेर काम गरिरहेका छन् ।

विद्यार्थीको तालाबन्दीले प्रभावित भएको त्रिविमा फेरि ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको छ । नेविसंघका विद्यार्थी नेताले पदाधिकारीको कार्यकक्षमा मात्र लगाएका थिए । कर्मचारीहरू कार्यालयभित्र छिर्न पाएका थिए । तर, आंशिक प्राध्यापक संघले मूल ढोकामा नै ताला लगाएपछि कर्मचारीसमेत भित्र छिर्न पाएका छैनन् ।