Ad Image

विपद्को पूर्वतयारीका लागि भरतपुर महानगरपालिकाले प्रहरीलाई दियो आवश्यक सामग्री

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bharatpur.jpeg

चितवन । विपद्को पूर्वतयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामग्री वितरण गरेको छ । आज एक कार्यक्रमकाबीच भरतपुर महानगर पालिकाले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई विपद् व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय चितवनलाई गमबुट १०० जोर, हेलमेट १०० थान, टुचन एक थान, लाइफ ज्याकेट १० थान, स्टेचर एक थान, उड कटर एक थान र रोड डिभाइडर दुई थान हस्तान्तरण गरेका हुन् । 

यस्तै, ट्राफिक प्रहरी कार्यालय चितवनलाई गम बुट ५० जोर, हेलमेट ५० थान, टुचन एक थान, लाइफ ज्याकेट १० थान, स्टेचर एक थान, उड कटर एक थान र रोड डिभाइडर दुई थान हस्तान्तरण गरिएको छ । विपद् व्यवस्थापनका सामग्री वर्षात्का समयमा अत्यन्त जरुरी भएकाले कार्यालयमा माग भएअनुसारको महानगरपालिको निर्णयपछि विपद् सामग्री हस्तान्तरण गरिएको प्रमुख दाहालले बताए । 

हस्तान्तरण गरिएका सामग्री खोज तथा उद्धारमा सहयोग पुग्नेछन् । रु सात लाख बराबरको सामग्री महानगरपालिकाले हस्तान्तरण गरेको हो । यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको उपप्रमुख चित्रसेन अधिकारीले बताए ।