पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित

No Author Assigned | २०८२ असार १९ गते १०:१०
Image of https://mayorsap.com/storage/photos/10/Dil-bhusan-pathak.jpg

काठमाडौं । पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । गत असार १६ गते साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएकाले पाठक जिल्ला अदालतमा उपस्थित भएका हुन् । 

पाठक आज बिहान ९ बजे अदालत पुगेका हुन् । पाठकको आज बयान हुनेछ भने बायन सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरेको थियो ।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

 


Facebook Comments