एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै, के के छन् छलफलका विषय ?


काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को आज केन्द्रीय सचिवालय बैठक बस्दैछ । बिहीवार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने भएको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा, रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरण, निजामती विधेयकमा भएको चलखेल लगायतका विषयमा छलफल हुने बताइएको छ । ।
आजको बैठकमा महाससिचव घनश्याम भुसाल र सम्मानित नेताले धारणा राखेपछि बैठक आजै सम्पन्न गर्ने तयारी छ । गत साता सुरु भएको बैठक दुई दिन बसेर स्थगित भएको थियो ।