Ad Image

तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/unblurimageai_heli (1).jpg

काठमाडौं । तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गरिएको छ। चीनको तियाजिन सहरस्थित एयरबस कम्पनीको उत्पादन रहेको हेलिकप्टर माउन्टेन हेलिकप्टर्स प्रालिले खरिद गरि ल्याएको हो । 

हेलिकप्टर जाँचपासका लागि बिहीवार बिहान आइपुगेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनबाट ट्रान्स सिल्क ट्रान्सपोर्टमार्फत ल्याइएको हेलिकप्टर अहिले भन्सार प्रक्रियामा रहेको छ ।

भन्सार प्रक्रिया पूरा भएपछि हेलिकप्टर एक–दुई दिनमै काठमाडौं उडाइने तयारी गरिएको छ। सतहमार्ग हुँदै हेलिकप्टर आयात भएको यो पहिलो पटक हो । हेलिकप्टरको भन्सार महसुल करिब चार करोडभन्दा बढी पर्नेछ ।

माउन्टेन हेलिकप्टर्सले चीनबाट पाँच वटा हेलिकप्टर खरिद गरेको छ, जुन सबै तातोपानी नाका भएर क्रमिक रूपमा काठमाडौं ल्याइने तयारी गरिएको छ ।