Ad Image

एसिसी यू–१६ इस्ट कप क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cricket 16.PNG

काठमाडौं । एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मलेसियालाई हराउदै नेपाल फाइनलमा प्रवेश गरेको छ । बिहिवार सम्पन्न सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५९ रनमा अविजित रहे । शिवान्श बजगाईं २२ बलमा ५ चौकाको सहयोगमा २३ रन बनाउँदै अविजित रहे । प्रसिद्ध जैसी २ रनमा आउट भए । मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए ।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती बलिङ गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।

अब नेपालले उपाधीका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ ।