Ad Image

ढाड भाँचिने ऋणमा ८७ वर्षको एनएसी

User Image बद्री प्रकाश ओझा | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/22/badri ojha rnac.png

१ जुलाई १९५८ । नेपालमा शाही नेपाल वायु सेवा निगम अर्थात आरएनएसी स्थापना गरियो । भारतबाट डाकोटा विमान भाडामा लिइयो र पहिलो उडान काठमाडौंबाट सिमराका लागि गरियो । त्यसको दुई वर्षपछि कोलकाता उडान गर्दै नेपालले अन्तर्राष्ट्रिय उडान सुरु गर्यो ।

पञ्चायतका अन्तिम दिनमा तीन चार अर्ब नाफा कमाउने कम्पनी आजका दिनमा ५० अर्ब ऋणमा छ । ऋण काढेर ल्याइएका जहाज कि त बिग्रिएका छन् या काम नपाएर बसेका छन् । कम्पनीले ऋण तिर्न नसकेको पनि पाँच वर्ष नाघिसकेको छ ।

सन् १९७० र ८० को दशकमा आरएनएसी अर्थात रोयल नेपाल वायु सेवा निगम निकै नै लोकप्रिय थियो । यसले बेलायत, जापान, चीन, जर्मनीलगायतका विश्वका धनी मुलुकहरुमा हवाइसेवा प्रदान गर्दैआएको थियो । तथ्यांक अनुसार पञ्चायत कालको अन्तिमतिर २०४५ सालमा आरएनएसीले पाँच करोड डलर कमाइ गरेको थियो। उसको सञ्चालन खर्च करिव दुई करोड डलर थियो ।  करिव तीन करोड डलर अथवा आजको सटही दरमा साढे चार अर्ब रुपैयाँ कमाइ गरेको थियो, त्यतिबेला यो बिमानले । 

नेपाल वायुसेवा निगमले एउटै कुरो चाहिँ गौरब गर्न मिल्छ — ‘कमसेकम हामी अस्थित्वमा त छौं, हामीसँगै सेवा सुरू गरेका विश्वका अन्य चार कम्पनीहरु उहिले नै टाट पल्टिसके ।’ हो, नेपाल वायुसेवा निगमसँग खुलेका चार कम्पनी भने बन्द भएकै हुन् । ती कम्पनी पनि सरकारी नै थिए । यहाँ भने भाइभारदार भर्ना केन्द्रका रुपमा बर्सेनि ऋण थपेरै भए पनि एनएसी चलाइएको छ ।  नेपाल वायुसेवा निगमभन्दा निकै पछि खुलेका सिंगापुर एयरलाइन्स, क्याथिप्यासिफिक, अस्ट्रेलियन एयरलाइन्स, थाई एयर सबैको कमाइ राम्रो छ । 

प्रजातन्त्र बहालीपछि यसमा कहीं नभएको राजनीति भयो । लाउडा लगायतका विभिन्न काण्डहरु बजारिए । आज यसको नामअघि झुण्डिएको आर(R)को फुर्को बन्द भयो । अब आरएनएसी(RNAC)को सट्टा एनएसी(NAC) अर्थात नेपाल वायुसेवा निगम नामाकरण भयो । नाम त फेरियो तर अवस्था भने अधोगतिमा गयो । आजकै दिन हेर्ने हो भने यसले स्वदेश, विदेशका सीमित ठाउँमा उडान गर्छ । यससँग जम्मा ६ वटा जहाज छन् । ती सबै १९ वर्ष पुराना मानिन्छन् ।

जहाज पुराना भएको तथा मर्मतमा पारदर्शिता नभएको कारण नेपाल वायुसेवा निगमले सन् २०१३ यता युरोपको आकाशमा प्रवेश पाउन सकेको छैन । यी १२ वर्षमा यस क्षेत्रमा निकैजना मन्त्री बने ।  कुनै मन्त्री त जादुगर जस्तो झारफुक नै गरेर नेपाल वायुसेवा निगमलाई माथि उठाउने प्रयासमा लागेका 'स्टन्टबाज' पनि देखिए तर सुधार भने आएन । पञ्चायतका अन्तिम दिनमा तीन चार अर्ब नाफा कमाउने कम्पनी आजका दिनमा ५० अर्ब ऋणमा छ । ऋण काढेर ल्याइएका जहाज कि त बिग्रिएका छन् या काम नपाएर बसेका छन् । कम्पनीले ऋण तिर्न नसकेको पनि पाँच वर्ष नाघिसकेको छ ।

नेपाल वायुसेवा निगमले एउटै कुरो चाहिँ गौरब गर्न मिल्छ — ‘कमसेकम हामी अस्थित्वमा त छौं, हामीसँगै सेवा सुरू गरेका विश्वका अन्य चार कम्पनीहरु उहिले नै टाट पल्टिसके ।’ हो, नेपाल वायुसेवा निगमसँग खुलेका चार कम्पनी भने बन्द भएकै हुन् । ती कम्पनी पनि सरकारी नै थिए । यहाँ भने भाइभारदार भर्ना केन्द्रका रुपमा बर्सेनि ऋण थपेरै भए पनि एनएसी चलाइएको छ ।  नेपाल वायुसेवा निगमभन्दा निकै पछि खुलेका सिंगापुर एयरलाइन्स, क्याथिप्यासिफिक, अस्ट्रेलियन एयरलाइन्स, थाई एयर सबैको कमाइ राम्रो छ । 

अघिल्लो वर्षको तथ्यांकमा मलेसियन एयरले ५० करोड डलर कमाएर सबैभन्दा कम कमाउने सूचीमा परेको थियो भने सिंगापुर एयरले सबैभन्दा बढी दुई अर्ब डलर खुद नाफा गरेको तथ्यांक छ । अरु उडान कम्पनीहरुले नयाँ जहाज थपेकाले नाफा सार्वजनिक गरेनन् । 

नेपालभन्दा २० वर्षपछि भुटानले सन् १९८१ मा नेपाल वायुसेवा निगम जस्तै राज्यको मातहतमा रहने गरी ड्रुक एयर खोल्यो । अहिले उसको अवस्था नेपालकोभन्दा निकै राम्रो छ । कमसकेम उसलाई युरोपेली आकाशमा निषेध त गरिएको छैन । 

अन्तर्राष्ट्रिय संघ संस्थाहरुको तथ्यांक अनुसार नेपाल वायुसेवा निगमले आर्थिक वर्ष २०२२–०२३ मा जम्मा साढे बाईस करोड डलर  कमाइ गर्यो । यसमा करिव तीन करोड डलर नाफा पनि गर्यो तर अघिल्ला वर्षहरुमा भएको घाटाका कारण यसको नाफा देखिएन । यसैगरी सन् २०२५ को सुरुवाती अवस्थामा आइपुग्दा नेपाल वायुसेवा निगमको कमाइ २३ प्रतिशतले घटेको तथ्यांक छ ।
उता भुटानी विमानले कमाइ बढाउँदै लगेको छ । यता नेपाल एयरले सतसट्ठीऔं जन्मोत्सव मनाउँदा काँधमा ५० अर्ब ऋण छ । 

अन्धधुन्ध लगानी 

सन् २०१८ मा नेपाल वायुसेवा निगमले दुईवटा ए–३३० विमान खरीद गर्यो । यी विमानको मूल्य २४ अर्ब पर्यो । तर ती विमानबाट कमाइ भएन । कमिसन खानमात्र विमान खरीद गरिएको आरोप छ । बिना व्यावसायिक योजना विमान खरीद गर्नु तथा बजार व्यवस्थापन कमजोर हुनुले नेपाल वायुसेवा निगमलाई उकालो लाग्न दिएन ।

निजीकरण नै समस्याको समाधान हो ?

हो । विश्वमा यस्तै देखिएको छ । भारतको एयर इन्डिया, सरकारले थेग्न नसकेको भन्दै सन् २०२२ मा टाटा कम्पनीलाई कम्पनी नै जिम्मा दियो । हाल नाफामा चलेको छ । बेलायतको ब्रिटिस एयरलाइन्स पनि घाटामा गए पछि सरकारले सन् १९८७ मा निजीकरण गरिदियो । हाल ग्लोबल एयर्सका नामले नाफा कमाउने उडान कम्पनी बनेको छ । 

तर एनएसी बाँसबारी र हरिसिद्धी नहोस् । निजीकरण गर्ने भनेर सरकारले पूरै बेचेर सुत्नु भएन । बाँसबारी छालाजुत्ता कारखानामा यस्तै भयो । हुँदाहुँदा जग्गा नै व्यक्तिको नाममा समेत गएछ । 
यता हरिसिद्धी ईंटा टायल कारखानाको पनि हालत उस्तै छ । देखाउनका लागि वर्षमा दुई चार लाख थान ईंटा निकालिन्छ । 

पहिलेका भण्डार घरहरु खण्डहरमा परिणत भएका छन् । ईंटा सुकाउने ठाउँमा बाख्राबस्तु चर्छन् । बाँकी जग्गा बेच बिखनमा कम्पनीका मालिकहरु तल्लिन छन् । निजीकरण गर्दाका शर्तमा व्यक्तिलाई जग्गा बेच्न नमिल्ने भएपछि उनीहरु संघसंस्थाहरु खोजेर जग्गा बेच्दै आएका छन् । 

निजीकरणका नाममा एनएसीलाई पनि त्यस्तै बनाउने सोंच कसैमा नपलाओस् !