राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते २३:१९
भक्तपुर । सरकारले भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पनाकुमारी श्रेष्ठलाई नियुक्त गरेको छ ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा सोही केन्द्रमा लामो समयदेखि कार्यरत ‘सिनियर कन्सल्टेन्ट नेफ्रोलोजिस्ट’ (मिर्गौला रोग विशेषज्ञ) श्रेष्ठलाई सरकारले केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि उक्त पदमा वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठ रहेका थिए । उनको गत महिना अवकाश भएपछि रिक्त रहेको सो पदमा श्रेष्ठलाई नियुक्त गरिएको अस्पतालका प्रशासन प्रमुख हरि पोखरेलले जानकारी दिए । उनले आजै पदभार ग्रहण गरेका छन्।
Facebook Comments