Ad Image

तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको मृ*त्यु

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तारकेश्वर–८ भेटघाट चोक बस्ने कुलबहादुर आचार्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, “बुधवार राति करिब ८ः३० बजे तारकेश्वर पाँचमानेका २२ वर्षीय नविन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको डुक मोटरसाइकलले निजलाई ठक्कर दिएको र टोखास्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा वृद्धको राति ११ः२० बजे मृत्यु भएको हो ।”

ठक्कर दिने सवारी साधन नेपालटार ट्राफिक प्रहरी कार्यालय तथा मोटर साइकल चालक घिमिरे प्रहरी बृत्त बालाजुको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।