नगर प्रहरीसँगको विवादपछि न्यूरोड क्षेत्रका व्यवसायीले गरे ‘सटर डाउन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँगको विवादपछि न्यूरोडको ताम्राकार हाउस क्षेत्रका व्यवसायीहरूले ‘सटर डाउन’ गरेका छन् ।
सडकमा पार्किङ गरिएका मोटरसाइकलको नगर प्रहरीले ह्विल लक गरेपछि व्यवसायीसँग विवाद भएको थियो । नो पार्किङमा राखिएकाे बाइक लक गरेपछि केही बेर विवाद भएको प्रहरीले जनाएको छ ।
विवादपछि व्यवसायीहरुले पसल बन्द गरेका छन् । एक छिन पनि ग्राहकलाई उभिन नदिने गरी नगर प्रहरीले ज्यादती गरेकाले व्यवसायीहरूले शान्तिपूर्ण आन्दोलनका लागि पसल बन्द गरेको बताएका छन् ।