गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
बुधवार नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो ।
राईविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् ।