Ad Image

स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp oli.PNG

काठमाडौं । स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किने भएका छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्पेन भ्रमणमा गएका प्रधानमन्त्री आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने छन् ।

स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओली बिहीवार राति ११ बजे कतारको दोहा प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उनलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीहरूले विदाइ गरे ।

स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।