भूकम्पपीडितको टहरामा ढुङ्गा खस्दा दिदीबिहीनीको मृ*त्यु

No Author Assigned | २०८२ असार २० गते ०७:३५
Image of https://mayorsap.com/storage/photos/10/death._QneID4qg9D_k7CVY3ODpy.jpg

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर मृत्यु भएको छ ।
 
बिहीवार बेलुकी ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए। 

नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए।

प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए। 


Facebook Comments