Ad Image

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Jhadap_yFh5EUSe3g.jpg

जनकपुरधाम । धनुषाको नेपाल–भारत सीमास्थित विदेह नगरपालिका–२ को वैदेही दुहबी क्षेत्रमा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । बिहीबार साँझ भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काका अनुसार साँझ करिब ७ बजेतिर भारतबाट तस्करी गरिएको सामान नेपाल भित्र्याएर स्थानीय आँप बगैँचामा लुकाइएको सूचना पाएपछि ३० जना सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी पुगेलगत्तै तस्कर समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित आक्रमण गरेको एसपी खड्काले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र ४ राउण्ड हवाई फायर गर्नु परेको थियो ।

प्रहरीले घटनास्थलबाट केही तस्करीका सामग्री बरामद गरेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।