Ad Image

माधव नेपाल भन्छन्– ‘एमाले गहिरो संकटमा छ’

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Madhav-Nepal-3.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेभित्र गहिरो संकट देखिएको र त्यसको परिणाम अनुमान गर्न नसकिने अवस्था सिर्जना भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विद्यार्थी जिल्ला कमिटीको अधिवेशनमा बोल्दै उनले एमालेभित्र अन्तरविरोध तीव्र हुँदै गएकाले भविष्य अन्योलपूर्ण रहेको टिप्पणी गरे ।

उनले अनुचित कार्य, व्यक्तिवाद र दक्षिणपन्थी प्रवृत्तिहरूलाई परास्त गर्नुपर्ने बताए । साथै, वर्तमान सरकारले देश राम्ररी हाँक्न नसकेको आरोप लगाउँदै, यसको पतन अवश्यंभावी रहेको जिकिर गरे ।

“हामीजस्ता पार्टीहरूले समर्थन नगर्ने भएकाले सरकार ढल्नेछ, केवल समय कुरिरहेको छौँ,“ उनले भने ।