Ad Image

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/khanepani yojana  (1).JPG

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–१० को माथिल्लो मनभागा गाउँका बासिन्दाले अब पिउने पानीका लागि कष्ट सहनु परेको छैन । लिफ्टिङ प्रविधिबाट निर्माण गरिएको खानेपानी योजनाबाट १८ घरधुरीमा धारा जडान गरी घरमै शुद्ध पिउने पानी पुगेको हो ।

नगरपालिकाको १७ लाख ५० हजार र उपभोक्ताको चार लाख २१ हजार ६ सयको लगानीमा २२ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी योजना सम्पन्न गरिएको हो ।

स्थानीय अमिता थापाले अब पानीको झन्झट हटेपछि घरायसी काम गर्न सहज भएको बताइन् । नगरप्रमुख रमणबहादुर थापाका अनुसार आफ्नो पहिलो चुनाव प्रचारकै बेला खानेपानी अभाव देखेर प्रतिबद्धता जनाइएको र अहिले सपना पूरा भएको हो ।

नगरप्रमुख थापाले तीन तहबीच समन्वय र सहकार्य गरेर स्थानीय आवश्यकता पूरा गर्दै जानुपर्नेमा जोड दिए ।