शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु


कैलाली । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि दुर्लभ सुनौलो तोप चराको पाँचदिने गणना सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघ र निकुञ्जको सहकार्यमा सुरु गरिएको गणनामा ८ जनाको प्राविधिक टोली खटिएको छ ।
चराविज्ञ हिरुलाल डगौराका अनुसार स्थलगत रूपमा हिँडेर र हात्ती चढेर चराको संख्या, लिंग, गुँड, आहाराको अवस्था, रूखका प्रजाति, सुरक्षा चुनौती लगायतको विवरण संकलन गरिनेछ ।
दक्षिण एसियामा नेपाल र भारतमा मात्र पाइने संकटापन्न सुनौलो तोप चरा विशेषगरी शुक्लाफाँटाको घाँसेमैदानमा देखिन्छ । निकुञ्जका अनुसार हाल निकुञ्जमा करिब १०० वटा सुनौलो तोप छन् ।
यो चरा सामूहिक रूपमा बस्ने, कीरा खाने र किसानका साथीका रूपमा चिनिन्छ । मनसुनमा यसको प्रजनन दर उच्च हुने बताइएको छ ।