Ad Image

एसपीसँग अपशब्द बोल्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jasapa neta yadab.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा गाली गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ ।

स्रोतका अनुसार अडियो सार्वजनिक भएपछि यादवमाथि अनुसन्धान सुरु गरिएको हो । अडियोमा यादवले एसपी खड्कालाई अपशब्द बोल्दै ‘मधेशमा लुट्न आएको’ आरोप लगाएको सुनिन्छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीले अनुसन्धान जारी रहेको भन्दै विस्तृत जानकारी दिन अस्वीकार गरे । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले सार्वजनिक अडियोको सत्यतथ्य छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए ।