Ad Image

नयाँ कर्मचारीलाई योगदानका आधारमा पेन्सन प्रणाली लागू हुने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aartha.jpg

काठमाडौं । आर्थिक वर्ष २०८२\०८३ देखि नियुक्त हुने सरकारी कर्मचारीलाई अब पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने भएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, बोर्ड, समिति र सार्वजनिक संस्थानलाई परिपत्र पठाउँदै उक्त प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

मन्त्रालयले योगदान प्रणाली लागू नगर्ने निकायबाट उत्पन्न हुने दीर्घकालीन दायित्व राज्यले नबेहोर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयको सूचनामा घाटामा रहेका वा सरकारको स्रोतमा निर्भर निकायहरूले आवश्यक व्यवस्था नगर्दा राज्य कोषमा बोझ बढेको उल्लेख गरिएको छ ।