Ad Image

सुर्खेतमा चट्याङ लाग्दा १ जनाको मृ*त्यु, चार घाइते

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/chatyang1.jpg

सुर्खेत । भेरीगङ्गा नगरपालिका–८, कुइरेमा शुक्रबार दिउँसो चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार खेतमा धान रोपाइँ गरिरहेका बेला चट्याङ लागेर २७ वर्षीय डिलबहादुर शाहीको मृत्यु भएको हो । गम्भीर घाइते शाहीलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही घटनामा चट्याङ लागेर १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरी घाइते भएका छन् । उनीहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्री र अस्थायी प्रहरी चौकी जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।