Ad Image

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता हुन् : राष्ट्रपति पौडेल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/PRECENDENT_1000060044.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ‘क्रान्ति र शान्तिका नेता’को रूपमा स्मरण गरेका छन् ।

शुक्रबार कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा कोइरालाको नेतृत्व उल्लेखनीय रहेको बताए ।

राष्ट्रपति पौडेलले कोइरालाको आत्मविश्वास, लोकतन्त्रप्रतिको प्रतिबद्धता र अप्ठ्यारामा पनि नझुक्ने साहसलाई उदाहरणीय भन्दै उनको कार्यशैलीले प्रेरणा दिने बताए ।

उनले शान्ति, स्थायित्व, मेलमिलाप, सुशासन र स्रोतसाधनको सदुपयोगमार्फत मात्रै समृद्ध नेपालको लक्ष्य पूरा हुने उल्लेख गरे ।

आर्थिक मोर्चामा कोइरालाले मध्यमार्गी नीति अवलम्बन गरेकाले उनको कार्यकालमा नेपालले विश्वका आर्थिक संकटको केही असरबाट जोगिन सकिएको पनि राष्ट्रपति पौडेलले स्मरण गरे ।