Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सेनाले खाली गर्यो बागवानी विकास केन्द्रको जग्गा

No Author Assigned | २०८२ असार १७ गते २१:४९
Image of https://mayorsap.com/storage/photos/10/jagga.PNG

मुस्ताङ । नेपाली सेनाले प्रयोग गर्दै आएको मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको स्वामित्वमा रहेको २० रोपनी जग्गा चौविस वर्षपछि बागवानी केन्द्रलाई प्रयोग गर्न मिल्ने गरी खाली गरेको छ ।

विसं २०५८ देखि नेपाली सेनाको सुरक्षा पोस्टका रुपमा सो जग्गा प्रयोग हुँदै आएको थियो । सशस्त्र द्वन्द्वकालीन समयमा म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङको घाँसामा सेनाले सुरक्षा पोस्ट खडा गरेको थियो । जोमसोमस्थित ईन्द्र बक्स गण्डका प्रमुख सेनानी मोहनकुमार थापाले घाँसामा रहेको सेनाको सुरक्षा पोस्ट जोमसोममा ‘मर्ज’ भएकाले उक्त जग्गा बागवानी विकास केन्द्रलाई प्रयोग गर्ने गरी खाली गरिएको जानकारी दिए।

नेपाली सेना अन्तर्गत ईन्द्रबक्स गणले गत असार १३ गते लिखित रुपमा सहमति गरेर उक्त स्थानको जग्गा शीतोष्ण बागवानी विकास केन्द्र मार्फालाई जिम्मा दिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका केन्द्र प्रमुख पद्मनाथ आत्रेयले बताए । ‘‘नेपाली सेनाले हाम्रो जग्गा खाली गरेको छ,” केन्द्र प्रमुख आत्रेयले भने। अब सो जग्गामा केन्द्रले हावापानी सुहाउँदो फलफूल तथा तरकारी विकास र विस्तार गर्ने जनाएको छ । 


Facebook Comments