Ad Image

एसीसी यू–१६ इस्ट जोन कपः उपाधिका लागि आज नेपाल र सिंगापुर खेल्दै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/0 nepal.jpg

काठमाडौं । यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिंगापुर खेल्दैछ । खेल मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा शनिबार बिहान पौने ८ बजे सुरु हुनेछ। प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपाल र सिंगापुर दोस्रो पटक भेट्न लागेका हुन्। एकै समूहमा रहेको नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो। 

बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाली युवा टोली उपाधि नजिक पुगेको हो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको थियो। प्रतियोगितामा तेस्रो स्थानका लागि आजै थाइल्याण्ड र म्यानमार भिड्दैछन्। सो खेल क्वालालाम्पुरको सेनांगर टर्फ क्लबमा बिहान पौने ८ बजे नै सुरु हुनेछ।