प्रशासकीय अधिकृतले श्रमदानको भुक्तानी रोकेपछि हर्क साम्पाङले सोधे स्पष्टीकरण
No Author Assigned | २०८२ असार २१ गते २०:४६
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानको रकम भुक्तानी रोकिएको भन्दै बिहीबार प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँलाई स्पष्टीकरण सोधेका छन् ।
मेयर साम्पाङले धरान–१६ स्थित बहुभाषिक पाठशाला नजिकै तटबन्ध निर्माणमा तारजाली लगाउने कार्यको आफैँले सम्झौता गरी सबै प्रक्रिया पूरा भएको, सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी नदिनुको कारण पेश गर्न लिखित स्पष्टीकरण सोधेका हुन् ।
उनले अन्य योजनाको भुक्तानी नहुने देखिए आउने असहज परिस्थिति के–कसरी समाधान गर्नुहुन्छ ? भनि प्रशासकीय अधिकृतलाई लिखित जानकारी दिन पनि भनेका छन् ।

Facebook Comments