Ad Image

मेरी बास्सैकी ‘अप्सरा आमा’ को निधन, पशुपति आर्यघाटमा दाहसंस्कार

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/apsara.PNG

काठमाडौं। ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ ।  केही वर्षदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठको शुक्रवार राति निधन भएको हो ।

उनको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो । अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी लगायत अन्य विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो ।

श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरु सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् ।