Ad Image

विकास–निर्माणका काममा राजनीति नगरौँ: विमलेन्द्र निधि

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bimelendra.jpg

जनकपुरधाम । नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएकाले पत्रकारिताका माध्यमबाट सकारात्मक सूचना एवं विचार सम्प्रेषण गर्नु अपरिहार्य भएको बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्री निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका लागि रु आठ करोड बजेट विनियोजन भएको जानकारी दिए। उनले राजनीतिक दुर्भावनाका कारण भवन निर्माणमा अवरोध भएको बताए ।

आफूले वर्षौंदेखि राजर्षि जनक विश्वविद्यालय स्थापनाका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै नेता निधिले विश्वविद्यालयको भवन निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यस अवसरमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, प्रदेश सांसद रामसरोज यादवलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।