Ad Image

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न बन्यो संसदीय समिति

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi shava.jpg

काठमाडौं। संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न संसदीय समिति बनाउने निर्णय भएको छ । 

शनिवार सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच भएको छलफलपछि छानबिनका लागि समिति बनाउने निर्णय भएको हो ।

७ सदस्यीय समितिमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २/२ सदस्य रहने, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १/१ जना सदस्य रहने बताइएको छ । 

समितिमा रहने सदस्यहरूको नामावली सोमवार सार्वजनिक गर्ने बताइएको छ ।