काठमाडौं महानगरपालिकाका प्रमुख बालेनले गरे ऐतिहासिक सिंहद्वारको उद्घाटन

काठमाडौं । असन बजार प्रवेशद्धारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) को आज उद्घाटन गरिएको छ ।
शनिवार आयोजित एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले ऐतिहासिक सिंहद्वारको उद्घाटन गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्धारमा उक्त सिंहद्वार निर्माण गरिएको छ । सिंहको प्रतिमूर्तिको निर्माण लागत सात लाख रहेको बताइएको छ ।