Ad Image

माओवादी केन्द्रसहित पाँच कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pra.PNG

काठमाडौं । पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रसहित पाँच कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल भइरहेको छ । 

शनिवार दिउँसो माओवादी केन्द्र,  नेकपा (एकीकृत समाजवादी), नेकपा (विप्लव), नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) का नेताहरुबीच छलफल भइरहेको हो । 

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा  (विप्लप) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा(मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको बताइएको छ ।