Ad Image

प्रदेशसँगै केन्द्र सरकारबाट पनि बाहिरियो नागरिक उन्मुक्ति पार्टी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ranjita-shrestha1.gif

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टीको आज बसेको बैठकले  सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।

नाउपाबाट संघीय सरकारमा अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री छन्। उनले प्रधानमन्त्रीलाई भोलि राजीनामा बुझाउने श्रेष्ठले बताइन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा सरकारबाट बाहिरिएको हो । नाउपाले सुदूरपश्चिम प्रदेश सरकारबाट भने यसअघि नै बाहिरिसकेको छ।