Ad Image

भारतको हिमाचलमा भारी वर्षा र बादल फाट्दा ७५ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bhari barsa varat.jpg

भारत । भारतको हिमाचल प्रदेशसहित झारखण्ड, मध्यप्रदेश र बिहारमा निरन्तर भारी वर्षा, बादल फाट्ने र बाढीका कारण जनधनको ठूलो क्षति भएको छ ।

हिमाचल प्रदेशको चम्बा र मन्डी जिल्लामा भीषण वर्षा र बादल फाट्दा पाँचवटा पुल बगाएका छन् । चम्बाको काङ्गेला नालामा बनेको पुल बगिएको छ भने मन्डी जिल्लाको चौहर उपत्यकामा एउटा सवारी साधन र तीन वटा पैदल यात्री पुल बगेका छन् ।

गत २० जुनदेखि मनसुन सक्रिय भएपछि हिमाचलमा हालसम्म बाढी र पहिरोका कारण ७५ जनाको मृत्यु भइसकेको छ भने २८८ जना घाइते भएका छन् । मन्डी जिल्लामा मात्रै बादल फाट्दा १४ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन् । आइतबार पनि राज्यमा रेड अलर्ट जारी गरिएको छ ।

झारखण्डको रामगढ जिल्लास्थित महुआ टाङ्ग्रीमा शनिबार बिहान एक अवैध कोइला खानी भत्किँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते छन् । राज्यभर सोमबार बिहानसम्मका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

यसैबीच, मध्यप्रदेशमा सक्रिय वर्षा प्रणालीका कारण बाढीको अवस्था सिर्जना भएको छ । मण्डला जिल्लामा नर्मदा नदी उर्लिएको छ भने नरसिंहपुर–होशंगाबाद जोड्ने राष्ट्रिय राजमार्गको पुल भत्किएको छ ।

बिहारका १८ जिल्लामा समेत आइतबार वर्षाको लागि पहेँलो अलर्ट जारी गरिएको छ । मुंगेरको अररियामा भारी वर्षा भएको छ भने सासाराममा चट्याङ लाग्दा दुई महिलाको मृत्यु र एक महिला गम्भीर घाइते भएकी छन् ।

पछिल्लो केही दिनयता भारतका विभिन्न राज्यमा मनसुनी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढी, पहिरो र संरचनात्मक क्षतिका कारण स्थानीय प्रशासनहरू उच्च सतर्कता अपनाइरहेका छन् ।