Ad Image

राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिँदै

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/arun834.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट संघीय सरकारमा प्रतिनिधित्व गर्दै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी आइतबार राजीनामा दिन लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला भ्रमणबाट फर्किएपछि चौधरीले उनलाई राजीनामा पत्र बुझाउने कार्यक्रम रहेको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।

श्रेष्ठका अनुसार पार्टीले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । सोही निर्णय अनुसार चौधरीले सरकारबाट पनि बाहिरिने भएकाले राजीनामा दिन लागिएको हो ।

यसअघि सुदूरपश्चिम प्रदेशमा पार्टीका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले असार १९ गते सल्लाह विना पदबाट हटाएपछि नाउपा आक्रोशित बनेको थियो । त्यसपछिका घटनाक्रमले पार्टीलाई संघीय सरकारमै पनि असन्तुष्ट बनाएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

मुख्यमन्त्री शाहले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्त गर्दा आफूलाई अन्धकारमा राखिएको आरोप लगाउँदै मन्त्री चौधरीलाई हटाएका थिए । यिनै विवादका कारण नाउपाले सुदूरपश्चिम सरकारबाट समेत समर्थन फिर्ता गरिसकेको छ ।