Ad Image

शिक्षा समितिको बैठक रोकिनुमा षड्यन्त्र भइरहेको माओवादीको आरोप

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GopalDahal-KTM-224ed1aedb-0811-4421-83fc-e25a4cb903facopy.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु सुवेदी बस्नेतले शिक्षा समितिको बैठक पटक–पटक स्थगित हुनुमा षड्यन्त्र भएको गम्भीर आरोप लगाएकी छन् ।

आइतबारको बैठकमा बोल्दै उनले बैठक रोकिनु र समय मागिनु स्वाभाविक नभएको बताउँदै भनिन्, “बैठक रोकेर अरू नै धन्दा र षड्यन्त्र भइरहेको अनुभूति भइरहेको छ।”

उनका अनुसार विद्यालय शिक्षा विधेयकमाथि पाँच दिनसम्म छलफल गरेर ६०\४० को विषय मिलिसकेको अवस्थामा फेरि समय मागिनु सकारात्मक संकेत होइन ।

सुवेदीले शिक्षक महासंघको मागलाई गम्भीरतापूर्वक लिइएको उल्लेख गर्दै, समितिमा दलको तर्फबाट भूमिका राख्ने अधिकार अन्य सदस्यले अनौचित्यपूर्वक प्रयोग गरिरहेको गुनासो गरिन् ।

उनले इसीडी शिक्षक र द्वन्द्व पीडित शिक्षकहरूको अवस्था के भयो भन्ने प्रश्न उठाउँदै विधेयकलाई अघि बढाउन समिति भित्रै निष्कर्षमा पुग्नुपर्ने माग गरिन् ।