Ad Image

सांसद शर्माले भने–चिकित्सकको शल्यक्रिया बारे मन्त्रालयका ‘नन-मेडिकल’ मान्छेले निर्णय गर्नु लजास्पद विषय हो

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sunil.PNG

काठमाडौं । सांसदहरुले आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा. सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेको बारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका हुन् ।

उपभोक्ता अदातलसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको आन्दोलनले बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेको उनको भनाइ छ । आन्दोलनरत चिकित्सकहरुको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा शर्माले चिकित्सकको दरबन्दी बढाउन समेत माग गरे । 

“मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठीक छ छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्र्तगत बनेको कानुन र नन–मेडिकल मान्छेहरुले गर्ने ?”, सांसद डा शर्माले भने, “चिकित्सकको काम कार्बाहीका बारेमा यसरी निर्णय गर्ने विषय लजास्पद र दुखद् हो ।”