Ad Image

प्रधानमन्त्री ओली भन्छन्–पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेर उद्धार कार्य बारे रिपोर्टिङ लिइरहेको छु

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KP-Oli11.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरिएको छ । प्रधानमन्त्री ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेर आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिरहेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्य बारे सुरक्षा निकायसँग आफूले नियमित रिपोर्टिङ लिइरहेको समेत जानकारी गराएका छन् ।

‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ। बाढीले केही नागरिकको ज्यान गएको र केही  बेपत्ता भएका दुःखद खबरहरु आएका छन्। ठूलो भौतिक क्षति पुर्‍याएको छ। ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र विपद्को पीडामा रहनु भएका नागरिकप्रति सहानुभूति प्रकट गर्दछु।’ प्रधानमन्त्री ओलीले लेखेका छन्–‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्य बारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपद् संभावित क्षेत्रमा आपातकालीन सहायता उपलब्ध गराउन तीब्र समन्वय गरिएको छ, सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ। सरकारी निकायहरुले उद्धारको काम गरिरहेका छन्। त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु।’