लेदो पन्छाएपछि वीपी राजमार्ग सञ्चालन

काभ्रेपलाञ्चोक । खहरे खोलाको लेदोको कारण अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को चारसय बेशीमा खहरेखोलाबाट आएको लेदोका कारण अवरुद्ध भएको राजमार्ग लेदो पन्छाएपछि सञ्चालनमा आएको हो ।
सडक विभाग, स्थानीय रोशी गाउँपालिका र प्रहरीको समन्वयमा लेदो पन्छाइएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार मंगलवार राति १ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई काभ्रेतर्फ काभ्रेभञ्ज्याङ र भकुण्डेमा तथा सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सवारीलाई खुर्कोटमा होल्ड गरिएको थियो ।