पौडी पोखरीमा अचेत भएका बालकको अस्पतालमा मृ*त्यु


पर्सा । पौडी सिक्न गएका पर्साका एक बालकको डुबेर मृत्यु भएको छ । होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका ९ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो ।
प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, “अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ ।”