Ad Image

मेयर बालेनले बोलाए कार्यपालिका बैठक, बजेट पारित गर्ने तयारी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/balen-shah-1_MNjqZckbiV_R01S7pC9XQ.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक भोलि (शुक्रबार) दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । मेयर बालेन शाह (बालेन्द्र)ले बोलाएको यस बैठकले महानगरको नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने सम्भावना छ ।

मेयरको सचिवालयका अनुसार, कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । त्यसपछि उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक पनि बस्नेछ ।

महानगर स्रोतका अनुसार, कानुनी औपचारिकता पूरा भएमा भोलिको कार्यपालिका बैठकले असार मसान्तभित्रै बजेट नगर सभाबाट पारित गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।