त्रिशूली नदी किनारमा पुरुषको श*व फेला


चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित त्रिशूली नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । करिब ४५–५० वर्षका देखिने ती पुरुषको शव बिहीबार फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले नदी किनारमा केही अंग नभएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो ।
प्रारम्भिक अनुसन्धान र अवस्था हेर्दा, यो शव गत असार २४ गते रसुवामा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
हालसम्म पहिचान खुल्न नसकेको उक्त शवलाई पोष्टमार्टमका लागि भरतपुर जिल्ला अस्पताल पठाइएको छ ।