Ad Image

उपनिर्वाचनका लागि रास्वपाले माग्यो आवेदन, कार्यविधि स्वीकृत

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Rastriya-Swatantra-Party-of-nepal.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ । पार्टी सचिवालय बैठकले उम्मेदवार छनोटका लागि कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाएको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, पार्टीले केही दिनभित्रै उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेछ । प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तोकिएको कार्यविधिअनुसार उम्मेदवार छनोट गरिनेछ ।

बैठकले सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही–३ मा हुने उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।